ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको बताए।
मेयर महर्जनले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू निर्वाचित भएरको पाँच वर्षमा गरेको कामको विषयमा जानकारी दिएका हुन्। उनले पत्रकार सम्मेलनमा आफ्नो पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको दाबी गरे।
मेयर महर्जनले पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ बजेटमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुन मसान्तसम्म खर्च गरेको जानकारी दिए।
उनले पाँच वर्षमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन गरेको बताए। पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण सम्पन्न भएको भन्दै मेयर महर्जन सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जिकिर गरे।
‘पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको छ’, उनले भने, ‘ललितपुर महानगरमा मेयर भएर आएको पाँच वर्षको कार्यकालमा महानगरपालिकाको कुल बजेट २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ पारित भएकोमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुनमसान्तसम्म खर्च भएको छ। राजश्वतर्फ जम्मा ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४ राजश्व संकलन भएको छ।’
उनले महानगर भित्र वडास्तरीय तथा नगरस्तरीय गरी सात हजार पाँच सय विकास आयोजना सम्पन्न गरेको बताए। स्मार्ट सडक बत्ती महानगरका चार वटा रूटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान गरेको भन्दै मेयर महर्जनले निर्माण सम्पन्न पूर्वाधार अपांगमैत्री रहेको बताए।
‘पूर्वाधार निर्माणमा वडास्तरीय तथा नगरस्तररीय गरी सात हजार पाँच सय आयोजनाहरु सम्पन्न भएका छन्। स्मार्ट सडक बत्ती महानगरपालिकाका चार वटा रूटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान भएको छ। महानगरपालिका अन्तर्गतको चक्रपथको दुबै तर्फको गरी १५.८ किलोमिटर स्मार्ट सडक बत्ती जडान गएिको छ। महानगरले बनाएका सबै पूर्वाधार निर्माणका संरचना अपांगमैत्री रहेका छन्।’
पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहितको डेढ इन्च मोटाईको ३२ किलोमिटर सडक निर्माण सम्पन्न भएको भन्दै उनले पाँच वटा प्याकेजमा ८६ वटा सडक निर्माण भएको दाबी गरे।
त्यस्तै मेयर महर्जनले रिङरोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए। उनले ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी दिए।
महानगर भित्रका अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले १० लाखसम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको बताए।
‘रिङरोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ। पुल्चोक कुपण्डोल फ्लाइओभर जापान सरकारले बनाउने भनेको काम प्रभावित भएको छ’, उनले भने, ‘सम्पदा निर्माणको लागि ललितपुर महानगरपालिकाले उच्च प्राथमिकता राखेर काम गरेको छ। अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले अक्षय कोष स्थापना गरि त्यस्ता सम्पदालाई प्रवद्र्धन गर्ने नीति लिएको छ। त्यस्ता सम्पदा जोगाउनको लागि विभिन्न किसिमका १० लाख भन्दा बढीको अक्षकोष खडा गरेको छ।’
त्यस्तै मेयर महर्जनले महानगरीय प्रहरी परिसर जावालाखेलसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जडान भएका नगरभित्र सिसिटिभि जडान कार्य सूरु गरेको बताए। महानगरपालिका भित्रका ८१ हजार घरघुरीलाई सडक सञ्जालमा आधारित घर नम्बर वितरण गरिएको बताए।
उनले भने, ‘महानगरिय प्रहरी परिसर जावालाखेलसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जडान भएका नगरभित्र सिसिटिभि जडान कार्य सूरु गरेको छ। महानगर पालिकाभित्रका ८१ हजार घरघुरीलाई सडक संजालमा आधारित घर नम्बर वितरण गरिएको छ । महानगरले ललितपुरमा पर्यटक बसाइ बढाउनको लागि नेपाली पन झल्काउने होटल तथा रेष्टुरेन्टको विकास र निर्माणलाई प्राथमिकतामा राखिएको छ।’
मेयर महर्जनले पाँच वर्ष कार्यकालमा गरेको प्रगति विवरणमा सडक बत्ती जडानदेखि खेलाडीहरुलाई सम्मान गरेको समेत समावेश गरेका छन्।