युक्रेनको अर्थतन्त्र यो वर्ष करिब ४५.१ प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ।
युद्वको चपेटामा परेको युक्रेनमा शासन चलाइराख्न र कठिनमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल आवश्यक भएको विश्वबैंकले भनेको छ।
युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको विश्व बैंकले आगामी दिनमा थप २ अर्ब डलर दिने यसअघिनै बताइसकेको छ।
रूसले आक्रमण गरेपछि युक्रेनका अधिकांश काम गर्ने समूहका मानिसहरू या त लड्न या त भाग्न बाध्य भएको बिबीसीले जनाएको छ। व्यापार व्यवसाय बन्द छन्। सडक, कल कारखाना र पूर्वाधारहरू ध्वस्त भएका छन्। वर्षौंदेखिको प्रगति शून्यमा झरेको छ।
विश्वभरि गहुँ र सूर्यमुखी तेल निर्यात गर्ने युक्रेनको उक्त कार्य अहिले ठप्प छ। उत्पादनसमेत हुन सकेको छैन। यसको प्रत्यक्ष मारमा विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुनसक्ने विश्वबैंकले भनेको छ।
यस्तै रूसको अर्थतन्त्र पनि ११.२ प्रतिशतले खुम्चने विश्वबैंकले प्रक्षेपण गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र खुम्चने बताएको हो।
यस्तै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउनसक्ने विश्वकैंकले प्रक्षेपण गरेको छ।