निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी तीव्र पारेको छ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि अब २६ दिन बाँकी छ।
आयोगले अहिले जिल्लामा मतदाता नामावली पठाउन थालेको छ।
आइतबार कान्तिपथस्थित आयोग कार्यालयमा कर्मचारीहरू मतदाता नामावली बोरामा पोका पारिरहेका देखिन्थे। जिल्ला निर्वाचन अधिकृतलाई पठाउन मतदाता नामावली पोको पारिएको हो।
चुनावको लागि मतपत्र छाप्ने काम पनि सुरू भइसकेको छ। आयोगले मतपत्र छाप्न जनक शिक्षा केन्द्रलाई जिम्मा दिएको छ।
चुनावको लागि आयोगले एक लाख ९४ लाख थान मतपत्र छाप्दैछ। त्यसमध्ये गत बिहीबारसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सकिसकेको आयोगले जनाएको छ।
जनक शिक्षक केन्द्रले दैनिक आठ लाख थान मतपत्र छाप्दै आएको छ।
तस्बिरहरू: