भारतमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नयाँ सेना प्रमुख नियुक्त भएका छन्।
अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि भारत सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका पाण्डे भारतीय सेनाको २९ औं सेना प्रमुख बन्ने भएका हुन्।
भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी हुने प्रचलन छ।