भारतले नवीन श्रीवास्तवलाई नेपालको नयाँ राजदूतको लागि औपचारिक सिफारिस गरेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अघि नै श्रीवास्तवलाई राजदूतको रूपमा पठाउन सिफारिस गरेको हो।
श्रीवास्तव विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजन प्रमुखसमेत हुन्।
दुई वर्षअघि चीनसँग लद्दाखस्थित लाइनअफ एक्चुअल कन्ट्रोल (एलओसी)मा भएको लडाइँको मामिला सुल्झाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
भारतीय पक्षले पठाउने प्रस्ताव गरेपनि उसले नेपालस्थित परराष्ट्र मन्त्रालयसँग सहमति खोजेको टाइम्सले जनाएको छ।
श्रीवास्ताव अहिले मन्त्रालयमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियाको मामिला हेर्ने डिभिजनमा छन्।
उनलाई चीन मामिलाका जानकार व्यक्ति रूपमासमेत हेरिएको छ।
भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने तयारी छ।
लुम्बिनीमा बुद्ध जयन्ती मनाउन उनी आउन लागेका हुन्। तर यसबारे नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छेन।