नेकपा एमालेले संसदको अवरोध हटाएको छ।
एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरू गरेको संसदको अवरोध अन्त्य गरेको हो।
एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो।
एमालेले नेपालको इतिहासमै सबभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो।
एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामुखले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका सांसदहरूलाई नहटाएको दाबी गर्दै लामो समय वेल घेराउ र नाराबाजी गर्दै विरोध गर्दै आएको थियो।
अवरोध अन्त्य गरेपछि संसदको रोष्टमबाट बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले मुलुकको राजनीति फरक कोर्समा गइसकेको उल्लेख गर्दै संसदमा अवरोध र विरोध फरक ढंगले गर्ने बताए।
ज्ञवालीले निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको टिप्पणी समेत गरेका छन्।