काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर/उपमेयर, वडा अध्यक्ष, वडा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सर्वप्रथम मेयर बालेन शाहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ खुवाएका हुन्। उपमेयर सुनिता डंगोललाई शाहले शपथ खुवाएका हुन्। यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रमाणपत्र वितरण गरेका थिए।
त्यसपछि ३२ वडाका वडा अध्यक्ष तथा सदस्यहरूलाई मेयर शाहले शपथ खुवाएका थिए।