काठमाडौंका नवनिर्वाचित मेयर/उपमेयरले कार्यभार सम्हालेका छन्।
सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा उनीहरूले कार्यभार सम्हालेका हुन्।
यसअघि मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले प्रमाणपत्र तथा सपथ ग्रहण गरेका थिए।
राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सर्वप्रथम मेयर बालेन शाहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ खुवाएका हुन्।
उपमेयर सुनिता डंगोललाई शाहले शपथ खुवाएका हुन्। यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रमाणपत्र वितरण गरेका थिए।