निर्वाचन पोस्टमर्टम शृंखला- ८
यसपालिको चुनावमा सत्तापक्षले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरूद्ध धेरै ठाउँमा गठबन्धन गरेर लडेका थिए।
सत्तारूढ गठबन्धनले २०७४ मा कांग्रेस र माओवादीले पाएको मत जोड्दा एमालेभन्दा धेरै मत हुने ठाउँमा यसपालि सबैभन्दा धेरै गठबन्धन गरेका थिए। दुई दलको मत जोड्दा पनि एमालेकै धेरै मत हुने कतिपय ठाउँमा पनि उनीहरूले गठबन्धन गरेर एमालेलाई पराजित गरेका छन्। यी दुई दलले कतिपय ठाउँमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँग पनि मिलेर गठबन्धन गरे।
चुनावपछिको प्रमुख प्रश्न यसरी गठबन्धन गरेका ठाउँमा एक दललाई समर्थन गर्ने मतदाताको मत अर्को दलमा कति ‘ट्रान्सफर’ भयो भन्ने हो? यही प्रश्नको उत्तरले धेरै हदसम्म आगामी संसदीय निर्वाचनमा गठबन्धनको भविष्य मात्र निर्धारण गर्ने छैन, संसदीय निर्वाचनको परिणाम पनि निर्भर गर्नेछ।
सत्ता गठबन्धनका दलहरूले २०७४ मा एमालेले जितेका १५७ पालिकामा मिलेर चुनाव लडेका थिए। त्यसमध्ये १२५ पालिकामा उनीहरूले जित हात पारेका छन्।
२०७४ को चुनावमा एमाले एक्लैले जितेको तर कांग्रेस-माओवादीको मत जोड्दा उनीहरूको धेरै मत आउने ठाउँमा सत्तारूढ दलले गठबन्धन गरेका थिए। यस्ता १ सय २८ पालिकामध्ये ९६ मा गठबन्धनका उम्मेदवारले एमालेलाई पराजित गरेका छन्। अर्थात् गठबन्धनले ७५ प्रतिशत स्थानमा सफलता हासिल गरेको छ।
यी पालिकाहरूमा पनि माओवादी र कांग्रेसबीच वा अरू गठबन्धन दलहरूबीच सत प्रतिशत मत ट्रान्सफर भने पक्कै भएको छैन। तर एक-अर्कालाई जिताउन पुग्ने गरी मत ट्रान्सफर भएको छ। यस्ता पालिकामा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी सबैका उम्मेदवारले एक-अर्काको मत पाएर जितेका छन्।
गठबन्धन बनाएर सत्तारूढ दलहरूले यसपालि थप २९ यस्ता पालिकामा जितेका छन्, जहाँ २०७४ मा गठबन्धन दलले पाएको मत जोड्दा पनि एमालेको मत धेरै हुन्थ्यो।
यसपालि गठबन्धन गरेर लड्दा उनीहरूले आफूहरूले अघिल्लो पटक ल्याएको मतमा अरू मत थपे र परिणाम आफ्नो पक्षमा पारे।
यसको अर्थ हो, विभिन्न ठाउँमा देखिएको असन्तुष्टिका बाबजुद् सत्तारूढ गठबन्धनबीच प्रर्याप्त मात्रामा मत ट्रान्सफर भयो। त्यसैका कारण गठबन्धनका उम्मेदवारले ठूलो संख्यामा चुनाव जिते।
यति भन्दाभन्दै अन्य कैंयन् पालिका छन्, जहाँ एमालेले २०७४ सालमा हारेका ठाउँमा यसपालि गठबन्धनलाई हराएको छ। पाँच वर्षअघि कांग्रेस वा माओवादी एक्लै लड्दा उनीहरूसँग हारेको थियो। यसपालि भने यी दुई दल मिल्दा पनि एमाले एक्लैले जित्यो।
जस्तो, चितवनको इच्छाकामना गाउँपालिकामा कांग्रेस एक्लैले जितेको थियो तर अहिले गठबन्धन गर्दा पनि एमालेले जितेको छ।कांग्रेसले विगतमा जितेका सुर्खेतका भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकामा पनि यसपालि एमालेले जितेको छ। यी नगरपालिकामा कांग्रेससहितको गठबन्धन थियो।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादी एक्लैलै जितेको थियो। तर, यसपटक एमालेले कांग्रेस सहितको गठबन्धनलाई हराएको छ।
फेरि कैंयन ठाउँमा गठबन्धन गरेर सत्तारूढ दलहरूले एमालेलाई हराएका छन्।
२०७४ को निर्वाचनमा बझाङका १२ स्थानीय तहमध्ये ८ स्थानीय तहमा नेकपा एमाले विजयी भएको थियो। ती सबै स्थानीय तहमा एमालेले प्राप्त गरेको मत र गठबन्धनमा रहेका दलहरूको मतलाई आधार मान्दा एमाले पछाडि थियो। यसपटक कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमालेले जितेका पालिका बाँडेका थिए। तीन दलले एमालेबाट ६ वटा पालिका खोसेका छन्।
लुम्बिनी प्रदेशको गुल्मीमा अघिल्लो पटक १२ मध्ये एमालेले ७ पालिका जितेको थियो। यसपटक उसले ३ पालिका मात्रै जितेको छ। गठबन्धन भएकै कारण उसले विगतमा जितेका धेरै पालिका गुमाएको छ।
हेर्नुस् अरू कहाँ-कहाँ गठबन्धनका कारण सत्तारूढ दलहरूले एमालेले अघिल्लो पटक जितेका पालिकामा जितेका छन्?
ताप्लेजुङ
१.मैवाखोला गाउँपालिका-सत्ता गठबन्धन(माके)
२.मिक्वाखोला गाउँपालिका-सत्ता गठबन्धन(नेका)
३.फक्ताङलुङ गाउँपालिका-सत्ता गठबन्धन(माके)
४.फुङलिङ नगरपालिका- सत्ता गठबन्धन(नेका)
पाँचथर
५.कुम्मायक गाउँपालिका-सत्ता गठबन्धन(नेका)
६.हिलिहाङ गाउँपालिका- सत्ता गठबन्धन(नेका)
इलाम
७.चुलाचुली नगरपालिका- सत्ता गठबन्धन(नेका)
८.देउमाई नगरपालिका-एमाले
९.माई नगरपालिका-एमाले
१०.सन्दकपुर गाउँपालिका-सत्ता गठबन्धन(नेका)
११.सुर्योदय नगरपालिका-सत्ता गठबन्धन(नेकपा एस)
झापा
१२.कमल गाउँपालिका-सत्ता गठबन्धन(नेका)
१३.भद्रपुर नगरपालिका-सत्ता गठबन्धन(नेका)
१४.विर्तामोड नगरपालिका-एमाले
संखुवासभा
१५.खाँदवारी नगरपालिका-सत्ता गठबन्धन(नेका)
१६.चैनपुर नगरपालिका-एमाले
१७.सभापोखरी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
१८.मकालु गाउँपालिका-सत्ता गठबन्धन (नेका)
१९.मादी नगरपालिका-एमाले
तेह्रथुम
२०.आठराई गाउँपालिका- सत्ता गठबन्धन(नेका)
भोजपुर
२१.टेम्केमैयुङ गाउँपालिका- सत्ता गठबन्धन(नेका)
२२.रामप्रसाद राई गाउँपालिका-सत्ता गठबन्धन(माके)
धनकुटा
२३. पाख्रिवास नगरपालिका-सत्ता गठबन्धन(नेका)
२४.महालक्ष्मी नगरपालिका-सत्ता गठबन्धन(नेका)
२५.सागुरीगढी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
२६.धनकुटा नगरपालिका-एमाले
२७.छथर जोरपाटी गाउँपालिका-सत्ता गठबन्धन (नेका)
२८.चौविसे गाउँपालिका-एमाले
मोरङ
२९. मिक्लाजुङ गाउँपालिका -सत्ता गठबन्धन (नेका)
सुनसरी
३०.इटहरी उपमहानगरपालिका-सत्ता गठबन्धन(नेका)
सोलुखुम्बु
३१. माप्य दुधकोशी गाउँपालिका-एमाले
खोटाङ
३२. खोटेहाङ गाउँपालिका सत्ता गठबन्धन(माके)
३३.केपिलासगढी सत्ता गठबन्धन(नेका)
३४.जन्तेढुंगा गाउँपालिका सत्ता गठबन्धन(माके)
३५.रावा बेसी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
३६.दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -सत्ता गठबन्धन(नेका)
ओखलढुंगा
३७. सिद्दिचरण नगरपालिका -सत्ता गठबन्धन(नेका)
३८.मोलुङ गाउँपालिका-एमाले
उदयपुर
३९.कटारी नगरपालिका-सत्ता गठबन्धन(नेका)
४०.वेलका नगरपालिका-सत्ता गठबन्धन(नेका)
४१.उदयपुरगढी गाउँपालिका-सत्ता गठबन्धन(नेकपा एस)
४२.ताप्ली गाउँपालिका-सत्ता गठबन्धन(नेका)
४३.रौतामाई गाउँपालिका-सत्ता गठबन्धन(माके)
४४.चौदण्डीगढी नगरपालिका -एमाले
सिराहा
४५.लहान नगरपालिका-सत्ता गठबन्धन(नेका)
धनुषा
४६.मिथिला बिहारी नगरपालिका-सत्ता गठबन्धन(नेका)
बारा
४७. जीतपुरसिमरा उपमहानगरपालिका -सत्ता गठबन्धन (माके)
दोलखा
४८. कालिन्चोक गाउँपालिका-सत्ता गठबन्धन(नेका)
४९. गौरिशंकर गाउँपालिका- गौरिशंकर गाउँपालिका(माके)
५०. तामाकोशी गाउँपालिका-सत्ता गठबन्धन (नेकपा एस)
५१.भिमेश्वर नगरपालिका -सत्ता गठबन्धन(नेका)
५२.शैलुङ गाउँपालिका-सत्ता गठबन्धन(नेका)
५३.जिरी नगरपालिका-एमाले
रामेछाप
५४. खाँडादेवी गाउँपालिका-एमाले
सिन्धुली
५५. फिक्कल गाउँपालिका-एमाले
५६- कमलामाई नगरपालिका-सत्ता गठबन्धन(नेका)
५७. दुधौली नगरपालिका-सत्ता गठबन्धन(माके)
धादिङ
५८. गजुरी गाउँपालिका-सत्ता गठबन्धन (माके)
५९.गङ्गाजमुना गाउँपालिका-सत्ता गठबन्धन(नेका)
६०.त्रिपुरासुन्दरी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
६१.सिद्धलेक गाउँपालिका-सत्ता गठबन्धन(नेका)
६२.धुनीबेंशी नगरपालिका-सत्ता गठबन्धन (नेकपा एस)
नुवाकोट
६३.तारकेश्वर गाउँपालिका-सत्ता गठबन्धन(नेका)
६४.बेलकोटगढी नगरपालिका-सत्ता गठबन्धन(माके)
६५.विदुर नगरपालिका-सत्ता गठबन्धन(नेका)
काठमाडौं
६६.कागेश्वरी मनहरा-सत्ता गठबन्धन(नेका)
६७.किर्तिपुर नगरपालिका-सत्ता गठबन्धन(नेका)
भक्तपुर
६८. मध्यपुर थिमी नगरपालिका-सत्ता गठबन्धन(नेका)
६९.चाँगुनारायण नगरपालिका-सत्ता गठबन्धन(नेका)
ललितपुर
७०.महाङ्काल गाउँपालिका-सत्ता गठबन्धन(नेका)
७१.महालक्ष्मी नगरपालिका- एमाले
काभ्रे
७२. पनौती नगरपालिका -सत्ता गठबन्धन (नेका)
७३.बनेपा नगरपालिका-सत्ता गठबन्धन (नेका)
७४.नमोबुद्ध नगरपालिका-सत्ता गठबन्धन(नेका)
७५.मण्डनदेउपुर नगरपालिका-सत्ता गठबन्धन(नेकपा एस)
७६.खानीखोला गाउँपालिका-सत्ता गठबन्धन(माके)
७७.भुम्लु गाउँपालिका -सत्ता गठबन्धन(माके)
सिन्धुपाल्चोक
७८. जुगल गाउँपालिका-सत्ता गठबन्धन(माके)
७९.पाँचपोखरी थाङपाल गाउँपालिका-एमाले
८०. बलेफी गाउँपालिका-सत्ता गठबन्धन(माके)
८१-मेलम्ची नगरपालिका-सत्ता गठबन्धन(नेका)
मकवानपुर
८२. हेटौडा उपमहानगरपालिका-सत्ता गठबन्धन (नेकपा एस)
८३.मकवानपुरगढी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
८४.मनहरी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
८५.कैलाश गाउँपालिका-सत्ता गठबन्धन(नेका)
चितवन
८६.राप्ती नगरपालिका--सत्ता गठबन्धन(नेकपा एस)
८७.रत्ननगर नगरपालिका-सत्ता गठबन्धन(नेका)
८८.खैरहनी नगरपालिका-सत्ता गठबन्धन(नेका)
८९. कालिका नगरपालिका- एमाले
लमजुङ
९०.बेसीशहर नगरपालिका-एमाले
९१.रार्इनास नगरपालिका-सत्ता गठबन्धन(नेका)
९२.मर्स्याङदी गाउँपालिका-एमाले
९३.सुन्दरबजार नगरपालिका-सत्ता गठबन्धन(नेका)
कास्की
९४.मादी गाउँपालिका-सत्ता गठबन्धन (नेका)
९५.पोखरा महानगरपालिका-सत्ता गठबन्धन (नेकपा एस)
तनहुँ
९६.देवघाट गाउँपालिका-सत्ता गठबन्धन(नेका)
स्याङ्जा
९७. हरीनास गाउँपालिका-एमाले
९८. विरुवा गाउँपालिका-एमाले
नवलपरासी पूर्व
९९.कावासोती नगरपालिका- एमाले
१००.गैडाकोट नगरपालिका-सत्ता गठबन्धन(नेका)
म्याग्दी
१०१.धवलागिरी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
बागलुङ
१०२.वडिगाड गाउँपालिका-सत्ता गठबन्धन(नेका)
१०३.काठेखोला गाउँपालिका-सत्ता गठबन्धन(नेका)
१०४.बागलुङ नगरपालिका-सत्ता गठबन्धन(नेका)
पर्वत
१०५. महाशिला गाउँपालिका- एमाले
१०६ विहादी गाउँपालिका-सत्ता गठबन्धन(नेका)
१०७. फलेवास नगरपालिका-सत्ता गठबन्धन(नेका)
गुल्मी
१०८. छत्रकोट गाउँपालिका-एमाले
१०९. मदाने गाउँपालिका-सत्ता गठबन्धन(नेका)
११०.मालिका गाउँपालिका-सत्ता गठबन्धन(माके)
१११.रुरुक्षेत्र गाउँपालिका-सत्ता गठबन्धन(माके)
पाल्पा
११२. तिनाउ गाउँपालिका-एमाले
११३. रिब्दिकोट गाउँपालिका-सत्ता गठबन्धन(माके)
११४. तानसेन नगरपालिका-सत्ता गठबन्धन(नेका)
रूपन्देही
११५. शुद्धोधन गाउँपालिका-सत्ता गठबन्धन(नेका)
११६.बुटवल उपमहानगरपालिका -सत्ता गठबन्धन (नेका)
११७.सिद्धार्थनगर नगरपालिका-सत्ता गठबन्धन(नेका)
११८.सैनामैना नगरपालिका-सत्ता गठबन्धन (नेका)
प्युठान
११९. माण्डवी गाउँपालिका-सत्ता गठबन्धन(माके)
१२०.सरुमारानी गाउँपालिकामा-एमाले
१२१.स्वर्गद्वारी नगरपालिका-सत्ता गठबन्धन(नेका)
दाङ
१२२.गढवा गाउँपालिका-सत्ता गठबन्धन(माके)
बाँके
१२३.खजुरा गाउँपालिका-सत्ता गठबन्धन(माके)
नवलपरासी पश्चिम
१२४.बर्दघाट नगरपालिका-सत्ता गठबन्धन(नेका)
सल्यान
१२५.कपुरकोट गाउँपालिका-सत्ता गठबन्धन(नेकपा एस)
१२६.बनगाड कुपिण्डे नगरपालिका-सत्ता गठबन्धन(माके)
मुगु
१२७.खत्याड गाउँपालिकामा- सत्ता गठबन्धन(माके)
कालिकोट
१२८.शुभ कालीका गाउँपालिका-सत्ता गठबन्धन(माके)
हुम्ला
१२९.अदानचुली गाउँपालिका-सत्ता गठबन्धन(नेका)
जाजरकोट
१३०.शिवालय गाउँपालिका-सत्ता गठबन्धन(नेका)
१३१.छेडागाड नगरपालिका-सत्ता गठबन्धन(नेका)
१३२.भेरी नगरपालिका- एमाले
दैलेख
१३३.भगवतीमाई गाउँपालिका- सत्ता गठबन्धन(माके)
१३४.नारायण नगरपालिका-एमाले
सुर्खेत
१३५.चौकुने गाउँपालिका- सत्ता गठबन्धन(माके)
१३६.लेकवेशी नगरपालिका- सत्ता गठबन्धन(नेका)
बाजुरा
१३७.जगन्नाथ गाउँपालिका-एमाले
अछाम
१३८. साफेबगर नगरपालिका- सत्ता गठबन्धन(नेका)
बझाङ
१३९.केदारस्युँ गाउँपालिका- सत्ता गठबन्धन(नेकपा-एस)
१४०-छबिसपाथिभेरा गाउँपालिका- सत्ता गठबन्धन(माके)
१४१.तलकोट गाउँपालिका-एमाले
१४२.थलारा गाउँपालिका-एमाले
१४३.दुर्गाथली गाउँपालिका- सत्ता गठबन्धन(माके)
१४४.मष्टा गाउँपालिका- सत्ता गठबन्धन(नेका)
१४५.वित्थडचिर गाउँपालिका- सत्ता गठबन्धन(नेका)
१४६.जयपृथ्वी नगरपालिका- सत्ता गठबन्धन(नेका)
कैलाली
१४७.चुरे गाउँपालिका-एमाले
१४८. मोहन्याल गाउँपालिका- सत्ता गठबन्धन(माके)
१४९.गोदावरी नगरपालिका- सत्ता गठबन्धन(नेका)
१५०. गौरीगंगा नगरपालिका- सत्ता गठबन्धन(माके)
१५१.घोडाघोडी नगरपालिका- सत्ता गठबन्धन(नेकपा एस)
१५२.लम्की चुहा नगरपालिका- सत्ता गठबन्धन(नेका)
दार्चुला
१५३.अपिहिमाल गाउँपालिका- सत्ता गठबन्धन(माके)
१५४.नौगाड गाउँपालिका- सत्ता गठबन्धन(माके)
१५५.लेकम गाउँपालिका- सत्ता गठबन्धन(माके)
बैतडी
१५६.दोगडाकेदार गाउँपालिका-एमाले
१५७. पन्चेश्वर गाउँपालिका-एमाले
यी पनि पढ्नुस्:
मधेशमै खुम्चियो लोसपा
भरतपुरमा रेनुलाई कहाँबाट आयो नसोचेको मत
यसपालि कांग्रेसको 'पपुलर मत' झन्डै ६ प्रतिशत बढ्दा एमालेको ८ प्रतिशत घट्यो
४१ प्रतिशत निर्वाचित प्रतिनिधि चालिस वर्ष मुनिका
तन्नेरी जनप्रतिनिधिको अनुपात सबैभन्दा धेरै माओवादी केन्द्रमा
मधेशमा एमाले फैलँदा नराम्ररी खुम्चियो माओवादी