रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दाबी गरेको छ ।
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले आफ्नो मुलुकको २० प्रतिशत भुभाग रूसले कब्जा गरेको बताएका हुन्।
देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।
यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीलाई पहिले पनि रुसले सहयोग र समर्थन गर्ने गरेको यूक्रेनले आरोप लगाउदै आएको छ ।
लक्जम्बर्गमा सांसदहरूलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफूहरू सधैँ संघर्ष गरिरहनुपर्ने बताए।
उनले निराश नहुन र कुनै पनि हालतमा पछाडि नहट्न सबैलाई आग्रहसमेत गरेका छन्।