नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आजदेखि सुरू भएको छ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा परिषद् बैठक सुरू भएको हो।
परिषद् बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेर कार्यक्रम सुरू भएको हो।
मंगलबारसम्म चल्ने बैठकमा सांगठनिक गतिविधि, वैशाख ३० मा भएको स्थानीय तहको चुनावको समीक्षा, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले बताए।
उक्त कार्यक्रममा गीत-संगीत प्रस्तुत गरिएको थियो भने केही सदस्यले नाचेका थिए।
परिषद बैठकका लागि करिब एक हजार पाँच सय जना सहभागी भएको बताइएको छ।
तस्बिरहरू: