एकनाथ शिन्दे भारतको महाराष्ट्रमा मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा बिहिबार सपथ लिएका हुन्।
यसअघि कांग्रेसको समर्थनमा मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार पदबाट राजीनामा दिएका थिए।
ठाकरेको राजीनामापछि भाजपा र शिन्दे समूहले गठबन्धन गरेका हुन्।
भाजपाको समर्थन पाएसँगै सिन्देले बहुमत विधायक आफूसँग रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष मुख्यमन्त्रीको दाबी गरेका थिए।
यसअघि सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा महाराष्ट्रमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपा र शिवसेनाले चुनावी तालमेल गरे पनि मुख्यमन्त्रीको विषयमा विवाद बढेपछि शिवसेनाले कांग्रेस र एनसीपीको समर्थनमा सरकार बनाएको थियो।
यससँगै अढाई वर्षपछि भाजपा पुनः महाराष्ट्र सरकारमा फर्किएको छ। दुई पटक मुख्यमन्त्री भएका फडणवीसको नेतृत्वमा भाजपा सरकारमा सहभागी भएको हो।
महाराष्ट्र विधासभामा २ सय ८८ सिट छ। त्यहाँ बहुमतका लागि १ सय ४४ विधायकको समर्थन चाहिन्छ। शिंदेले १ सय ६१ विधायकको साथ पाएका छन्। भाजपाको १ सय ६, शिवेसेनाका बागी ३९, निर्दलीय ८ र प्रहार पार्टीका २ जना सांसदको साथ उनले पाएका हुन्।