नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा प्रदर्शन गरेको छ।
सरकारले राहदानी (पासपोर्ट) वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले 'कि रोजगार दे कि पासपोर्ट' जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले सरकारी सेवा प्रवाहमा ढिलासुस्ती भएको र लापरबाही भएकोमा विरोध गरिएको बताए।
भिडभाड र विना लाइन राहदानी दिने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्।
तस्बिरहरू: