सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको बताएका छन्।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले आज यहाँ आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास : केही विवेचना’ विषयक कार्यक्रममा उनले नेपाललाई कम भ्रष्टाचार हुने देशका रूपमा स्थापित गराउन सरकार लागि परेको जानकारी गराए।
‘दण्ड र पुरस्कारलाई साथ साथ नलगे समाज अनुशासित हुँदैन, सरकारलाई पारदर्शी र जवाफदेही बनाउन सबैले आफ्ना स्थानबाट घच्घच्याउनुपर्छ, स्थानीय र प्रदेश सरकारलाई पनि जवाफदेही बनाउन लाग्ने दायित्व नागरिक समाजको हो’, उनले भने।
स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेको सरकारले प्रदेश र केन्द्रीय निर्वाचन पनि संविधानले तोकेकै समयमा सम्पन्न गर्ने मन्त्री कार्कीको प्रतिबद्धता थियो।
अर्थतन्त्रमा चुनौती आए पनि संकट भने नरहेको सरकारका प्रवक्ता रहेका उनले सुनाए। रासस