नागरिकता विधेयक खारेज गर्न छ वटा कम्युनिष्ट पार्टी र एक मोर्चाले संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेकपा बहुमत, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल केन्द्रीय समन्वय समिति, नेकपा, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपाललगायतले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
उनीहरूले नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
तस्बिरहरू: