प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले सम्बोधन गर्ने भएपछि एमालेले बहिस्कार गरेको छ।
सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई सम्बोधनका लागि समय दिएका थिए। लगत्तै एमालेले सांसदले अवरोध गरेका थिए।
त्यसपछि सभामुखले एमालेले सांसद योगेश भट्टराईलाई बोल्न समय दिएका थिए। उनले अर्थमन्त्रीको रूपमा जनार्दन शर्माको सम्बोधन अस्वीकार गर्ने बताएका थिए।
अर्थमन्त्री शर्माले सम्बोधन गर्न रोष्ट्रममा गएपछि एमालेले सांसद बाहिरिएका थिए।