जनता समाजवादी पार्टीमा विभाजनको प्रक्रिया सुरू भएको छ। अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बेग्लाबेग्लै बैठक बोलाएका छन्।
बाबुरामले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरू हुँदैछ। काठमाडौंको जडिबुटीस्थित एक ब्याङ्क्वेटमा सुरू भएको बैठकमा हालसम्म ६५ जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएका छन्।
भट्टराईलाई पूर्वमन्त्री महिन्द्रराय यादवले साथ दिएका छन्।
साविक राजपामा अध्यक्ष मण्डल यादवले जसपा विभाजनमा उपेन्द्र यादव र बाबुराम भट्टराइलाई साथ दिएका थिए।
उनी सर्लाहीबाट निर्वाचित सांसद हुन्। गत असोजमा भट्टराईको दबाबमा उनी कृषि मन्त्री बनेका थिए। भट्टराई प्रधानमन्त्री भएको बेलामा यादव सिंँचाई मन्त्री भएका थिए।
भेलामा हालसम्म ६० जनाभन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएका छन्। आउने क्रम अझै जारी छ।
करिब ५ सय केन्द्रीय कमिटि रहेको जसपामा भट्टराई पक्षको भेला जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भइरहेको छ।