सत्तारुढ नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा १४८ मत प्राप्त गरी उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
प्रतिनिधिसभामा तत्काल कायम रहेका २४२ सदस्य संख्या मध्ये १४८ मत भुसालको पक्षमा र ९३ मत मात्रै अर्का प्रतिस्पर्धी विद्या भट्टराईले प्राप्त गरेकी थिइन्।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सो मत मध्ये गौतमले प्राप्त गरेको मत बहुमत भएकाले उनी उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरिन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने मतदानमा भाग लिएनन्। प्रतिनिधिसभाको अर्को बैठक साउन ४ गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।
हेर्नुहोस् तस्बिरमा