प्रदेशको नाम ‘लिम्बुवान किरात प्रदेश’ घाेषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएकाे छ।
पहिचानका आधारमा प्रदेशकाे नाम घाेषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरूले बिहिबार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।