भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्।
मंगलबार उनले प्रदेशका गभर्नरलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नितिश कुमारले केन्द्रीय सरकार चलाइरहेको भारतीय जनता पार्टीसँगको गठबन्धन पनि छोडेको बताएका छन्।
‘एनडिए गठबन्धन छोड्ने विषयमा हाम्रो दलका सांसद र प्रदेशका विधायक सबै एकमत छन्,’ नितिश कुमारले भनेका छन्।
उनले भाजपाका नेता एवं गृहमन्त्री अमित शाहले आफ्नो पार्टी विभाजन गरी सरकार ढाल्न लागेको आरोप लगाएका छन्।
नितिश कुमार पछिल्लो समय सन् २०१७ मा बिहारको मुख्यमन्त्री बनेका थिए।