नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा गोपाल शर्मालाई नियुक्त गरिएको छ।
माओवादी संसदीय दलले बिहीबार शर्मालाई प्रमुख सचेतक बनाएको हो।
शर्मा रूकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य हुन्। यसअघि महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उनी अर्थमन्त्री थिए। शाहीले कांग्रेसलाई नेतृत्व सुम्पिँदा उनी मन्त्री पदमुक्त भएका थिए।
यसअघि प्रमुख सचेतक रहेका ठम्मर विष्ट माओवादी छोडेर एमाले प्रवेश गरेपछि जाजरकोटकी कृष्णा शाहलाई प्रमुख सचेतक बनाइएको थियो। शाह पनि अहिले आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएपछि शर्मालाई बनाइएको हो।