नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
जिल्ला सभापति शंकरप्रसाद डाँगीले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रवाट प्रत्यक्ष र समानुपातिक सिटका लागि नाम सिफारिस भएर जिल्लामा आएको जानकारी दिए।
कांग्रेस दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेको नाम एक नम्बरमा सिफारिस गरेको छ। त्यसपछि केन्द्रीय सदस्य योगेन्द्र चौधरी, नेता प्रदीप थापा र महाधिवेशन प्रतिनिधि अनुराग खड्काको नाम सिफारिस गरेको क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले सेतोपाटीलाई बताए।
अनुराग खड्का स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन्। उनले पार्टीको गत अधिवेशनमा महाधिवेशन प्रतिनिधिका निर्वाचनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेका थिए।
यस क्षेत्रबाट समानुपातिकतर्फ पूर्वसांसद सुशीला चौधरीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। त्यसपछि क्रमश: आत्माराम भट्टराई, खडकबहादुर सुनार , दोर्ण भुसाल, गोबिन्द रेग्मी, रामप्रसाद चौधरी, जमिर शाहको नाम छ।
प्रदेशतर्फ
यो निर्वाचन क्षेत्र प्रदेश (क) को प्रत्यक्षतर्फ दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको नाम एक नम्बरमा सिफारिस गरिएको छ।
त्यसपछि नेताहरू नुमानन्द सुवेदी, लक्ष्मण चौधरीको नाम रहेको छ। त्यस्तै प्रदीपराज शर्माको नाम पनि रायसुझावको लागि क्षेत्रमा सिफारिस गरिएको छ।
क्षेत्र नं. १ (क) मा पुरूष समानुपातिकतर्फ अनुराग यादव र महिलातर्फ यशोदा चौधरीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। त्यस्तै समानुपातिकतर्फ नै लोकराज केसी र श्रीपत चौधरीको नाम पनि उपयुक्त उम्मेदवार भन्दै राय पठाइएको छ।
प्रदेश निर्वाचन क्षेत्र (ख) मा प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ। त्यसपछि क्रमश: नेता बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणि आचार्य र पवन नेपालीको नाम रहेको छ।
त्यस्तै, समानुपातिकतर्फ महिलामा महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपानेको नाम एक नम्बरमा सिफारिस गरिएको छ। त्यसपछि लोका विश्वकर्मा, देवका बेलबासे, पवनकुमार यादव, रेशमबहादुर बुढा, खिमा अधिकारीको नाम रहेको छ।
पुरूषतर्फ माधव चौधरी, ताराप्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्गबहादुर विक र गोपाल नेपालीको नाम सिफारिस गरिएको छ।
दाङ क्षेत्र नं. २
दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि पूर्वसांसद तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु खनालको नाम एक नम्बरमा सिफारिस गरिएको छ।
क्षेत्रीय सभापति भिमप्रकाश खड्काका अनुसार त्यसपछि क्रमशः पूर्वजिल्ला सभापति घनश्याम रेग्मी, नेता किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरिएको छ।
समानुपातिक महिलातर्फ विमला योगी, सपना बोहराको नाम सिफारिस गरिएको छ। त्यस्तै, पुरूषतर्फ पूर्वजिल्ला सभापति विरकेश्वरी गौतम, नेता नदनकुमार शर्मा, हरि रजौरे, गोविन्द मज्गैंया, तेजबहादुर विक र गणेशमान चौधरीको नाम सिफारिस गरिएको छ।
प्रदेश (क)
प्रदेशसभा अन्तर्गत नेता गोपालराज शर्माको नाम प्रत्यक्षतर्फ एक नम्बरमा सिफारिस गरिएको छ। त्यसपछि क्रमश: नेताहरू खगराज पाण्डे, पूर्वजिल्ला सचिव कमल किशोर घिमिरे, कमानसिंह भारती, दुर्लभ केसी, दामोदर केसी र कुलराज खनालको नाम सिफारिस गरिएको छ।
त्यस्तै, समानुपातिक सिटको पुरूषतर्फ एक नम्बरमा भूपबहादुर डाँगीको नाम सिफारिस भएको छ। त्यसपछि नेताहरू ध्रुबकुमार पुन, महेश श्रेष्ठ, वमबहादुर डिसी, केशव नेपाली, ध्रुबकुमार ज्ञवाली, बुझौना चौधरी र देवबहादुर नेपालीको नाम सिफारिस भएको छ।
यहाँ महिलातर्फ पुष्पा श्रेष्ठ, सुशीला थापा, गिरिजा पोखरेल र लिला नेपालीको नाम सिफारिस भएको छ।
प्रदेश (ख)
निर्वाचन क्षेत्र नं. २ (ख) मा अभियान बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ। उनी क्षेत्र नं. २ (ख) का सभापति हुन्।
त्यसपछि नेताहरू श्याम रेग्मी, प्रचण्ड विक्रम न्यौपाने, कुमोदराज शर्मा, दीपक न्यौपाने, चित्रबहादुर डाँगी र हिमबहादुर डाँगीको नाम सिफारिसमा परेको छ।
त्यस्तै समानुपातिकतर्फ पुरूषमा पृथ्वी चौधरी, तुलसी राना, गोविन्दप्रसाद न्यौपाने, विष्णुमणि धिताल, दिनेश नेपाली, चन्द्रप्रसाद चौधरी (क) र चन्द्रप्रसाद चौधरी (ख) को नाम सिफारिस गरिएको छ।
त्यस्तै, महिलातर्फ जानुका केसी, खुमा रावत, बालिका लम्साल, कृष्णा बिसी, टीका डाँगी, मुक्ति वादी, पुष्पा वादी, निर्मला न्यौपाने र उषा चौधरीको नाम सिफारिस गरिएको छ।
दाङ क्षेत्र नं. ३
दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीको नाम एक नम्बरमा सिफारिस गरिएको छ।
कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काका अनुसार त्यसपछि नेता कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, विजुल विश्वकर्मा र राजेन्द्र धितालको नाम सिफारिस भएको छ।
समानुपातिकतर्फ पनि ६ जनाको नाम सिफारिस गरिएको छ। जसमा केन्द्रीय सदस्य गेहेन्द्र गिरीको नाम एक नम्बरमा सिफारिस भएको छ। त्यसपछि पूर्व सांसद बुद्धिराम भण्डारी, पूर्वजिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता घनश्याम शेरपाइली, चुर्णबहादुर चौधरी र महिलामा देवीका नेपालीको नाम सिफारिस गरिएको छ।
दाङ ३ (क)
प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का लागि प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको छ।
प्रदेश क्षेत्र नं. ३ (क) का सभापति देवेन्द्र रिजालले प्रत्यक्षतर्फ प्रदेश ग्रामीण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीको नाम एक नम्बरमा सिफारिस गरिएको जानकारी दिए।
त्यसपछि प्रदेशका समानुपातिक सांसद शंकर गिरी, ३ (क) का सभापति देवेन्द्र रिजाल, पूर्व क्षेत्रीय सभापति टोपबहादुर केसी, पूर्व तुलसीपुर नगरसभापति किरण शाह, महाधिवेशन प्रतिनिधि डा. नहकुल केसी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का र नेता एकराज आचार्यको नाम सिफारिस गरिएको छ।
समानुपातिकमा पुरूषतर्फ दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा, नेता कृष्णकुमार गिरी, नेविसंघका नेता ऋषिराज लहरे (अरुण), नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रदिप खड्का, काँग्रेसका पूर्व जिल्ला सचिव टेकबहादुर वली, नेता चेतबहादुर सेर्पाइली, नेता सुरेन्द्रबहादुर खड्का, सामुदायिक रेडियो प्रशारक संघ अको¥याबका अध्यक्ष अर्जुन गिरी, नेता मदनराज धिताल, नेता लिलाधर लम्साल, नेता देवीप्रसाद हलवाई र नेता दलबहादुर विकको नाम सिफारिस गरिएको छ ।
त्यस्तै महिलातर्फ समानुपातिकमा नेतृहरु सुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको निर्वाचन क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजालले जानकारी दिए ।
दाङ ३ (ख)
प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) मा प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ ।
३ (ख)का सभापति खिमबहादुर वलीले प्रत्यक्षतर्फ एक नम्बरमा जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीको नाम सिफारिस गरिएको जानकारी दिए ।
त्यसपछि क्रमश नेता केशबराज आचार्य, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती, नेताहरु खिमप्रशाद खराल, होमप्रकाश गौतम, सुबोध डाँगी र चुडामणि ढकालको नाम सिफारिस गरिएको छ ।
यो निर्वाचन क्षेत्रबाट समानुपातिकमा पुरुषतर्फ दाङ निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको नाम एक नम्बरमा सिफारिसमा गरिएको छ । त्यसपछि नेताहरु महादेब शाह,भरतबहादुर केसी र मधु चौधरीको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ समानुपातिकमा नेतृहरू मिथिला शाह, पदमा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारीको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसबाहेक नेकपा एमाले, गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र लगायतका दलहरूले भने अझैसम्म सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छैनन्।
क्षेत्र नं. १ मा सहरी विकास मन्त्री मेटमणि चौधरी गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि अहिले उनी नेकपा एकीकृत समाजवादीमा लागेका छन्। गठबन्धन दलबाट उनले उम्मेदवार हुन चाहेमा उनको सम्भावना बलियो बन्न सक्ने सम्भावना छ।
त्यस्तै, क्षेत्र नं. २ मा गत निर्वाचनमा संघतर्फ माओवादी प्रवक्ता कृष्णबहादुर महरा र प्रदेश (क) बाट नेकपा एकालेका महासचिव शंकर पोखरेल निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा एमाले र माओवादीका बीचमा चुनावी तालमेल भएको थियो।
यतिखेर जिल्लामा यी दुबै नेतालाई आपसमा भिडाउन नहुने मत प्रकट गर्न थालिएको छ।
त्यस्तै, कतिपयले महरा समानुपातिकमा जान सक्ने र पोखरेल त्यस्तै परिस्थिति आए काठमाडौंबाट समेत उम्मेदवार बन्न सक्ने भनेर चर्चा गरिरहेका छन्।
कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी गत निर्वाचनमा तत्कालीन समयमा एमाले उम्मेदवार हिराचन्द्र केसीसँग पराजित भएका थिए।
उनी यतिखेर नेकपा एकीकृत समाजवादीमा पुगेका छन्। हाल उनी स्वास्थ्य राज्यमन्त्री छन्। उनले पनि यसअघि नै आफू उम्मेदवारको दाबेदार भएको बताइसकेका छन्।
कांग्रेस लगायतका दलहरूका बीचमा गठबन्धन भए पनि क्षेत्र नं. १ मा सहरी विकास मन्त्री मेटमणिले टिकट पाए क्षेत्र नं. ३ मा स्वास्थ्य राज्यमन्त्री हिरा केसीको सम्भावना कमजोर बन्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
जिल्लामा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (क) मा अहिलेका लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले मात्रै निर्वाचन जितेका थिए।