सांघाई को-अपरेसनमा सहभागी हुन पुगेका राष्ट्रप्रमुखका निम्ति आयोजना गरिएको रात्रिभोजमा चिनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित भएका छन्।
कोभिड प्रोटोकललाई कारण देखाउँदै उनी रात्रि भोजमा सहभागी नभएको रोयटर्सले जनाएको छ।
उज्बेकिस्तानमा भइरहेको सांघाई कोअपरेसन अर्गनाइजेसको सम्मेलनमा सहभागी हुन सीले करिब ३२ महिनापछि मुलुक छोडेका थिए। कोरोना सुरु भएयता सी विदेश भ्रमणमा गएका थिएनन्।
त्यस भोजमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी भएका थिए।
सम्मेलनमा सहभागी हुन चिनफिङसँगै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरिफ सहभागी हुनेछन्।
यस्तै उज्बेकिस्तानका राष्ट्रपति सेबक्यात मिजियोयेभ, कजखास्तानका राष्ट्रपति कासेम जोमार्त तोकाएभ र किर्गिस्तानका राष्ट्रपति सदिर जिपारोभ, ताजकिस्तानका राष्ट्रपति इमोमली रहमोनको पनि सहभागि छन्।