प्रधिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बसेको छ।
शनिबार प्रतिनिधि सभाको अन्तिम बैठक बसेको हो। उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागयत शीर्ष नेताहरूले सम्बोधन गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यो प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो।
उक्त सिफारिस भएसँगै आज राति १२ बजेबाट यो अधिवेशन अन्त्य हुन लागेको हो।
प्रधानमन्त्री देउवाले आफ्नो गठबन्धनको सरकारले राम्रो उपलब्धी हासिल गरेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले आफ्नो सरकारलाई परमादेशी बताउँदै आएको भन्दै उनले व्यंग्य समेत गरे।
उनले परमादेशी भएकै कारणले सँगै बसेर काम गरिरहेको बताएका हुन्।
यस्तै त्यसको जवाफमा उनले निर्वाचन तोक्नु प्रतिगमन नभएको बताए।
तस्बिरहरू: