राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारी सडकमा उत्रिएको छ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि आलोचना भइरहेको छ।
राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैरसंवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।
अखिल क्रान्तिकारीले आज काठमाडौंको मीनभवन क्षेत्रमा राष्ट्रपतिको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले 'अरू केही जान्दैनौ, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौ, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक 'कू' को घोर विरोध गर्दछौं, विद्या तिमी को हौ चिन्दैनौं, शितल निवास राख्दैनौ' जस्ता नारासहित प्रदर्शन पनि गरेका थिए।
तस्बिरहरू: