राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा संयुक्त विद्यार्थी संघ सडकमा उत्रिएका छन्।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि आलोचना भइरहेको छ।
राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि गैर संवैधानिक कदम चाल्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकोले विरोध प्रदर्शन गरिएको संयुक्त विद्यार्थी संघले जनाएको छ।
अखिल क्रान्तिकारीले बिहीबार काठमाडौंको आरआर क्षेत्रमा राष्ट्रपतिको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले 'एमालेको राष्ट्रपति बिग्रेछ मति , नागरिकता बिधेयक एमालेले पेश गरे बिर्ता हुने, अरूले पेश गरे फिर्ता हुने' जस्ता नारासहित प्रदर्शन गरेका थिए।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ