माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ।
गठबन्धनको भागबन्डामा आफूले पाएका चार सिटमध्ये माओवादीले कैलाली- २ बाट भगतबहादुर बडुवाललाई टिकट दिएको छ भने कैलाली- ४ मा कृष्णचौधरी वा वीरमान चौधरीमध्ये एक जनाले टिकट पाउने एक नेताले जानकारी दिए।
कञ्चनपुर- १ मा बिना मगरले टिकट पाएकी छन्। बैतडीमा भने उम्मेदवारको टुंगो लागेको छैन।
त्यस्तै, प्रदेश सभाअन्तर्गत बाजुराबाट कर्णबहादुर विक, बझाङ (ख) मा भीम भण्डारी, दार्चुला (ख) मा मानबहादुर धामी र डडेलधुरा (क) मा खगराज भट्टले टिकट पाउने गरी टुंगो लगाइएको छ।
कैलाली ५ (क) मा रमेश धामीले टिकट पाउने जनाइएको छ। कञ्चनपुरको २ (क) मा टेकेन्द्र भट्टले पनि टिकट पाउने निश्चित भएको स्रोतले जनाएको छ।
कैलाली ३ (ख) मा नन्दबहादुर साउदको सम्भावना छ। कञ्चनपुर १ (क) मा कांग्रेसको दाबी रहेकाले उम्मेदवार टुंगिएको छैन। कैलाली ३ (क) र (ख) मा माओवादीको दाबी छ।
त्यस्तै अछाम १ (ख) र अछाम २ (क) को उम्मेदवार टुंगो लागेको छैन। डोटीको पनि टुंगिएको छैन।