तीन क्षेत्र रहेको दाङमा सबै प्रमुख दलले उम्मेद्वार टुंगो लगाएका छन्।
गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनाइएको छ।
प्रदेश सभाको १ (क) मा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारूले टिकट पाउँदा निर्वाचन क्षेत्र नं. १ को (ख) मा नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा अनुरागले टिकट पाएका छन्।
यस्तै नेकपा एमालेले शान्ता चौधरीलाई दाङ १ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउँदा प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा गंगाराम भट्टराई र १ (ख) मा कुलबहादुर केसी उम्मेदवार भएका छन्।
यस्तै क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्का उम्मेदवार हुने भएकी छन्। क्षेत्र नं. २ (क) मा पूर्व सांसद राजु खनाल र २ (ख) मा प्रचण्ड बिक्रम न्यौंपानेले टिकट पाएका छन्।
एमालेले क्षेत्र नम्बर २ मा महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाएको छ। प्रदेश सभातर्फ २ (क) मा बलिभद्र राना, २ (ख) मा गिरिराज केसी उम्मेदवार छन्।
यस्तै दाङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका दीपक गिरी उम्मेदवार भएका छन्।
प्रदेश सभातर्फ ३ (क) मा लुम्बिनी प्रदेशका सहरी विकास, ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीलाई उम्मेदवार हुने भएका छन्। त्यस्तै ३ (ख) मा माओवादीका धनबहादुर मास्के (राजेश) उम्मेदवार भएका छन्।
नेकपा एमालेले क्षेत्र नम्बर ३ मा कोमल वलीलाई टिकट दिएको छ। प्रदेश सभातर्फ एमालेले ३ (क) घनश्याम पाण्डे र ३ (ख) मा हुकुमबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ।