रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा ऐतिहासिक तेस्रो कार्यकालका लागि चुनिएकोमा सी चिनफिङलाई बधाई दिएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार पुटिनले सीसँग दुई देशबीच वृहत सहकार्य विस्तार गर्न पनि आतुर रहेको बताएका छन्।
शनिबार सकिएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशनले सीलाई तेस्रो कार्यकालका लागि महासचिव चुनेको छ। उक्त अधिवेशनले पार्टी विधानमा सीलाई मुख्य नेताका रूपमा ब्याख्या गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा यसअघि दुई कार्यकाल मात्र महासचिव हुन पाउने व्यवस्था थियो। सीले उक्त व्यवस्था केही वर्षअघि नै हटाइसकेका थिए।
पछिल्लो समय पुटिन र सीबीचको सहकार्य बढ्दो देखिन्छ। रूसले गत फेब्रुअरीमा छिमेकी युक्रेनमा आक्रमण गर्दा सबै शक्ति राष्ट्रहरूले विरोध गरेका थिए। चीनले भने यसमा रूसको विरोध गरेको छैन बरू राष्ट्र संघका कतिपय मतदानमा रूसलाई साथ दिएको छ।