भारतीय मूलका बेलायती सांसद ऋषि सुनकले फेरि कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गर्ने भएका छन्।
यसअघि लिज ट्रससँग पराजित हुँदा उनी संसदीय दलको नेता बन्न सकेनन्। बेलायतको प्रधानमन्त्री बन्नका निम्ति उनले फेरि कन्जरभेटिभ पार्टीको नेता बन्न उम्मेदवारी दिने द गार्डियनले जनाएको छ।
प्रधानमन्त्री भएको ४५ दिनमै ट्रसले राजीनामा दिएकी छिन्। संकटोन्मुख बेलायतको अर्थतन्त्र सुधार र राष्ट्रलाई एकतावद्ध बनाउने उद्देश्य सहित आफूले फेरि उम्मेदवारी दिने सुनकको भनाइ छ। उनले पेनि मोर्डन्टसँग प्रतिस्पर्धा गर्नेछन्।
पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पनि उम्मेदवारीको इच्छा व्यक्त गरेका छन्।