भारतको राजधानी नयाँदिल्लीमा प्रदेश सरकार चलाइरहेको आम आद्मी पार्टीले गुजरात विधान सभामा पनि इन्ट्री गरेको छ।
बिहीबार जारी मतगणनामा आपले अहिलेसम्म ३ सिटमा जित हात पारेको छ भने २ सिटमा अग्रता लिइरहेको द हिन्दुले जनाएको छ।
सुरूमा दिल्ली विधान सभामा बहुमत पाएर सरकार चलाएको आम आदमी पार्टीले यही वर्ष पञ्जाब राज्यमा पनि सरकार बनाएको छ।
यही वर्ष भएको चुनाव गोवा विधान सभामा पनि आपले २ सिट जितेको थियो।
गुजरातमा नयाँ सरकार पनि भाजपाकै बन्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा भाजपाले सन् १९९८ देखि सरकार चलाइरहेको छ। यसपालि भाजपाले भारी बहुमत पाउने देखिएको छ।
१८२ सिटमध्ये भाजपाले ९३ सिट जितिसकेको छ भने ६४ सिटमा उसको अग्रता छ।