राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ह्विलचेयर प्रयोगकर्ता लक्ष्मी घिमिरेलाई समानुपातिक तर्फबाट बागमती प्रदेश सभा सदस्य बनाएको छ।
रामेछापको गोकुलगंगा गाउँपालिकाकी लक्ष्मी विवेकशील साझा पार्टी हुँदै राप्रपामा पुगेकी हुन्। उनी केही समयअघिसम्म विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा कार्यरत थिइन्।
भीरबाट खसेकी कारण लक्ष्मीको कम्मरमुनको भाग चल्दैन। बिबिएससम्म अध्ययन गरेकी लक्ष्मी ह्विलचेयर बास्केटबल खेलाडी समेत हुन्।
लक्ष्मी सांसद बनेसँगै बागमती प्रदेश सभा सचिवालयले आफ्ना संरचना अपांगमैत्री बनाउन सुरू गरेको छ।
प्रदेश सभा हल अपांग मैत्री भएपनि समितिका कार्यालय र संसदीय दलका पूर्वाधारहरू अपांगमैत्री छैनन्।
राष्ट्रिय अपांग महासंघले प्रदेश सभाका संरचना अपांगमैत्री बनाउन केही समय अघि प्रदेश सभा सचिवालयलाई ध्यानाकर्षण गराएको थियो।
तस्बिरहरू: