प्रतिनिधिसभाको बैठकको समय नजिकिँदै गर्दा सिंहदरबारभित्र धमाधम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको कार्यालय बनिरहेको छ।
संघीय संसद सचिवालय दलहरुको संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको हो।
यही मंसिर ४ गते भएको आम निर्वाचनबाट प्रतिनिधिसभामा सात वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। ती सबै दलले सिंहदरबारभित्र संसदीय दलको कार्यालय पाउने भएका छन्।
यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसमेत राष्ट्रिय दल बनेपछि उनीहरुका लागि संसद सचिवालय भवन क्षेत्रमा कार्यालय तयार भइरहेको छ।
अहिले कर्मचारीहरु संसदीय दलको बोर्ड राख्नेदेखि कार्यालय सजावटको काममा पनि जुटिरहेका छन्।
कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य भइरहेको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए।
यस्तै, संसद बैठकको तयारीका लागि बानेश्वरस्थित संसद भवनका पूर्वाधार, स्वास्थ्य मापदण्ड लगायतका विषयमा आवश्यक तयारी गरिरहेको सकिएको छ।
संघीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा हुन अझै केही वर्ष लाग्ने भएकाले संसदको नयाँ अधिवेशन पनि बानेश्वरस्थित संसद भवनबाटै हुनेछ।
हेर्नुहोस् यसरी तयार हुँदै पार्टीका संसदीय दलको कार्यालय