नेकपा (एमाले) ले 'विशेष कार्यक्रम' आयोजना गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिएका थिए।
यसैगरी, उक्त कार्यक्रममा अध्यक्ष ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहोर्याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाए।
उनले मरेका मान्छेहरूले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकिर गरे।
उनले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरूलाई रोक्नैपर्ने बताए।
कार्यक्रममा ओलीलाई सबभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो।
तस्बिरहरू: