प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत दिनका लागि सांसदहरूले भोटिङ गर्दैछन्।
विश्वासको मतमाथि मतविभाजनको प्रक्रिया जारी छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मत दिनका लागि आधार पेश गरेका थिए। त्यसपछि सांसदहरूले सोधेका प्रश्नका उनले जवाफ दिएका थिए।
नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीले आज बिहान मात्रै उनलाई विश्वासको मत दिने निर्णय गरेका थिए।
तस्बिरहरू: