रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत प्रस्थान गरेका छन्।
भारत सरकारको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
बेंगलुरू कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा सहभागी हुन उनी भारत गएका हुन्।
मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन्।