राष्ट्रपति विद्यादेवी भण्डारीको बुढानिलकण्ठमा रहेको निजी निवासमा अहिले मर्मत सम्भार चलिरहेको छ।
फागुन २५ गते निर्वाचन भएर नयाँ राष्ट्रपति चुनिने भएपछि राष्ट्रपति भण्डारी निजी निवासमा सर्ने तयारी सुरू गरिएको हो।
अहिले घरमा रङ रोगनलगायत अरू काम धमाधम भइरहेको छ। फागुन २० गतेसम्म घर तयार पार्ने गरी काम भइरहेको बताइएको छ।
हेर्नुस् तस्बिरहरू