राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ।
समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ।
प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन्।
यस्तै मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ।
यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम छन्।
लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन्।
सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।