खानेपानीमन्त्री अब्दुल खान अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन जाने भएका छन्।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानी मन्त्री खानले जानकारी दिए।
‘मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने कन्फ्रेन्समा सहभागी हुन स्वीकृति दिएको छ,’ उनले भने।
मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खानले बताए।