नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ। निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले बधाई तथा शुभकामना दिएका छन्।
बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा कार्यक्रम भएको हो। त्यहाँ उपस्थित सांसदहरूले अबिर, खादा, माला लगाएर उनलाई बधाई दिएका थिए।
बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।
तस्बिरहरू: