प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका छन्।
प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्। नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन्।
प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। ११ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था रहन्छ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेश गर्ने प्रावधान छ।
त्यस अवसरमा उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरूसँगको गठबन्धन सरकार टुट्न पुगेको बताए।