काठमाडौंमा न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू भएको छ।
काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू भएको हो।
सम्मलेनका लागि महानगरले ७५२ वटा स्थानीय तहलाई नै निमन्त्रणा गरेको थियो।
आज र भोलि चल्ने सम्मेलनमा स्थानीय तहका पूर्व-उपमेयरहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्।
त्यस्तै, न्यायसम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति गरिनेछ। सम्मेलनपछि महानगरले देशभरका पालिकाहरूका न्यायिक समितिलाई दिशा निर्देश गरोस् भनेर घोषणापत्र समेत निकाल्ने महानगरले जनाएको छ।
यसभन्दा अघि गत वर्ष पोखरा महानगरपालिकाले पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको थियो।
तस्बिरहरू: