राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा-२ को निर्वाचन परिचालन समिति संयोजकबाट राजीनामा दिएका छन्।
कार्कीलाई रास्वपाले वैशाख १० मा हुने बारा-२ को उपनिर्वाचन परिचालन समितिको संयोजक बनाएको थियो।
कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको उल्लेख गरेका छन्।
संयोजक बनाउँदा नै कार्कीले आफू सम्बन्धित क्षेत्रको नभएको भन्दै स्थानीय नेताहरूलाई नै भूमिका दिन माग गरेका थिए। कार्कीले अस्वीकार गर्दागर्दै जिम्मेवारी दिइएको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।