उपनिर्वाचनका लागि भाग लिने विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो।
उम्मेदवारी दर्ता गर्नको लागि आज अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय छ।
तनहुँ-१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन्।
चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारी दिएका छन्।
त्यस्तै बारा-२ मा एमालेका पुरूषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, रास्वपाबाट रमेश खरेल र आम जनता पार्टीबाट अरूण ज्ञवालीले उम्मेदवारी दिएका छन्।
तस्बिरहरू:



















सबै तस्बिर: सामाजिक सञ्जाल