नेकपा (एकीकृत समाजवादी) ले वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मत दिन निर्देशन दिएको छ।
सोमबार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा-२, चितवन-२ र तनहुँ-१मा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न निर्देशन दिने निर्णय गरेको हो।
यी तीनै क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार छैनन्।
सत्ता गठबन्धनबाट बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन-२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ-१ कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार बनेका छन्।