नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेको मंगलबार १०० दिन पुग्दैछ।
सरकारका सुरूआती सय दिनलाई मधुमासका रूपमा बुझिन्छ। यो अवधि सरकारले गरेका कामबारे आलोचना गरिहाल्न हतार हुन्छ तर यही अवधिमा सरकारले कस्ता काम गरेको छ भन्ने कुराले उसले भावी दिनमा कस्ता काम गर्छ भन्ने संकेत छ।
प्रचण्ड सरकारले १०० दिनमा आफूले ३७ वटा मुख्य काम गरेको दाबी गरेको छ। सोमबार उनको सचिवालयले सार्वजनिक गरेका महत्वपूर्ण उपलब्धीको सूचीमा राजनीतिदेखि खेलकुदसम्मका विषयवस्तु समेटिएका छन्।
हेर्नुस् पूर्णपाठ: