नेपाल र चीनबीचको कूटनीति परामर्श संयन्त्रको बैठक चीनको राजधानी बेइजिङमा हुने भएको छ।
संयन्त्रको १५ औं बैठकमा भाग लिन परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोली बेइजिङ जाँदै छ।
उक्त बैठक चिनियाँ टोलीको नेतृत्व उपविदेश मन्त्री सन वेदोङले गर्नेछन्।
संयन्त्रको बैठकमा नेपाल-चीन सम्बन्धका सबै विषयवस्तुबारे छलफल हुने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
‘लामो समयपछि हुन लागेको बैठकमा हाम्रा सम्बन्धका सबै आयामबारे छलफल हुन्छ,’ उनले भनिन्।