आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।
चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ।
चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जनाले उम्मेदवारी दिएका छन्। दलबाट १२ जनाले उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका छन्।
मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार रहेका छन्।
