वैशाख १० गते हुने उपनिर्वाचनको लागि तनहुँ क्षेत्र नम्बर १मा ९ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेको थियो।
उक्त समयभित्र यहाँ ९ जनाले उम्मेदवारी दिएका हुन्।
नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल, राप्रपाका शोभा गुरूङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टी पूर्णबहादुर राना र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले उम्मेदवारी दिएका छन्।
राप्रपाकी गुरूङ यस क्षेत्रमा एक मात्र महिला उम्मेदवार हुन्।
नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले र उम्मेदवारी दिएका हुन्।
