प्रधानमन्त्री निवास बालुवाटारमा साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल भएको छ।
मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो। यस बैठकमा न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भएको हो।
यसअघि न्यूनतम साझा कार्यक्रम मस्यौदा दलहरूलाई बाँडिएको थियो। आवश्यक परिमार्जनसहित छिटो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी सरकारको छ।
बैठकमा मन्त्रीहरू तथा शीर्ष नेताहरू उपस्थित छन्।